महिलाका लागि छुट्टै क्वारेन्टिन
राजापुर, १९ जेठ / बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन निर्माण भएको छ । गुलरिया –४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमता भएको क्वारेन्टिन निर्माण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
उक्त क्वारेन्टाइनमा भारतबाट आएका चार महिला छन् । क्वारेन्टिनमा सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले बताउनुभयो । जिल्लामा ८० शय्याको आइसोलेशन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । जिल्लामा १४४ क्वारेन्टिनमा महिलापुरुष गरी तीन हजार ९१८ जना छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस