केके मार्ट र धन्वन्तरि ट्रेडर्सलाई कारवाही
काठमाडौँ, २० जेठ /बढी मूल्यमा मदिरा बिक्री गर्ने र बिलबिजक जारी नगरी आयुर्वेदिक सामान बिक्री गर्ने दुई पसललाई कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा खुद्रा मूल्यभन्दा बढी मूल्यमा नेपाली मदिरा बिक्री गरेवापत क्षेत्रपाटीस्थित केके मार्टलाई जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार रु ६५० को मदिरालाई रु ७९० मा बिक्री गरेको भेटिएपछि उक्त मार्टलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप रु तीन लाख जरिवाना गरिएको हो ।
“उपभोक्ताको गुनासोपछि अनुगमनका लागि हामी मार्टमा पुगेका थियौँ, अनुगमन टोलीले नै वाइन खरीद गर्दा बढी मूल्य लिएको भेटेपछि कारवाही गरिएको होे”, उहाँले भन्नुभयो । त्यस्तै आज नै हाँडीगाउँस्थित धन्वन्तरि ट्रेडर्सले बिलबिजक जारी नगरी पतञ्जलि आयुर्वेदका सामान बिक्री गरेवापत रु दुई लाख जरिवाना गरिएको छ ।
उपभोक्ताको गुनासोलाई आधार बनाएर लकडाउन अवधिमा खाद्यान्न, सर्जिकललगायत सामग्रीमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारवाही गरिँदै आएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ को कार्यान्वयनका लागि यही जेठ १४ गतेको निर्णयानुसार ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षण अधिकृत तोकिएको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस