नीलो पास यथावत्
काठमाडौँ, २० जेठ /बन्दाबन्दी समयमा सवारी साधन सञ्चालनका लागि वितरित नीलो रङको पासलाई यथावत् राखिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही जेठ २ गतेदेखि सात दिनका लागि उपत्यकाभित्रका लागि वितरण गरेको नीलो सवारी साधन पासलाई यथावत् राखिएको जनाएको हो । कार्यालयले आज सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास लकडाउनभर(हाल जेठ ३२गतेसम्म) मान्य हुने जनाएको छ ।
उक्त सूचनानुसार यसअघि सात दिनका लागि अत्यावश्यक सेवामा खटिनेहरुका लागि जारी गरिएको पासको नवीकरणसमेत कायमै राखिएको छ । जिप्रकाबाट पास वितरण गर्दा भीडभाड भई संक्रमणको जोखिम बढेको जनाउँदै बुधबारदेखि पासको निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन आग्रह गरिएको छ । उक्त निवेदनानुसार सवारी पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । यसअघि सात दिनको सवारी पासको म्याद सकिएपछि नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस