पत्रकारलाई सुरक्षा सामग्री वितरण
काठमाडौँ, २० जेठ / गन्तव्य नेपाल समूहको संयोजनमा कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजताका लागि आज यहाँ पिपिई सेट, प्रेस ज्याकेटलगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । काठमाडौँ महानगरपालिका ३ को सहकार्यमा आज वडा कार्यालयमा उपस्थित ५० भन्दा बढी विभिन्न सञ्चारमाध्यमहरुम क्रियाशील पत्रकारलाई ती सामग्री वितरण गरिएको हो ।
समूहका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले समाचार र फोटो सङ्कलन तथा सम्पादनका लागि अग्रमोर्चामा खटिनुपर्ने सञ्चारकर्मीहरु कोभिड१९ को संक्रमणको उच्च जोखिममा रहने हुँदा उनीहरुको सुरक्षाका लागि आवश्यक सामग्री वितरण गरिएको बताउनुभयो । यसअघि पनि गत जेठ १६ गते १२० जना पत्रकारलाई पिपिई सेट, प्रेस ज्याकेट, मास्क, ग्लब्स र स्यानिटाइजर वितरण गरेको र दोस्रो चरणअन्र्तगत आज थप वितरण गरिएको बताउँदै आगामी दिनमा पनि पत्रकारहरुको सुरक्षाका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो । सुरक्षा सामग्रीको सामग्री व्यवस्थापनमा सहयोग बोधिसत्व विहारले सहयोग गरेको थियो ।
समारोहमा विहारका मूल गुरु ताइवानी नागरिक हेगुवाङ शी र वडा नं ३ का वडाध्यक्ष बद्री केसीले पनि आम जनतालाई ससुसूचित गराउने पत्रकारको सुरक्षा गर्नु जनप्रतिनिधि र सामाजिक संस्थाको पनि दायित्व हुने बताउनुभयो । दुई साताअघि राष्ट्रिय पर्यटन पत्रकार समाज (नाटोज) ले पनि करिब ६० जना पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस