• जीवनशैली | Jiwanshaili
  • ठुलीभेरी नदीमा बगेर तीन बालिकाको मृत्यु


    डोल्पाकाे ठुलीभेरी नदीमा बगेर तीन बालिकाको मृत्यु भएको छ । जिल्लाकाे ठुलीभेरी नगरपालिका -९ मोतिपुरकी १२ वर्षीया यशोधा भण्डारी, अन्दाजी १०/ ११ वर्षीया गंगा कठायत र १० वर्षीया विजया कठायतकाे मंगलबार नदीमा बगेर मृत्यु भएको हाे ।

    गाइबस्तु चराउन गएका उनीहरु ठुलीभेरी नगरपालिका-९ मोतिपुरस्थित भेरी नदी तरेर पारिपट्टी जानेक्रममा बगेका थिए ।

    यशोदा र विजयालाई बगेको ठाउँदेखि करिब दुई किलोमिटर टाढा बगाउँदै गरेको अवस्थामा उद्धार गरी जिल्ला अस्पताल दुनै पुर्‍याएको थियो । तर उनीहरुलाई अस्पतालले मृत घोषणा गर्‍यो ।

    गंगा कठायतको शव भने बगेको ठाउँदेखि पाँच किलोमिट टाढा त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित त्रिपुराकोट बगरमा प्रहरीले फेला पारेको हो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस