‘तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक’
काठमाडौँ, २१ जेठ /प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक भएको जनाएको छ ।
काँग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत बन्दाबन्दीबाट बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसविपरीत करका लागि ताकेता गर्नु गैरजिम्मेवारपन भएको आरोप लगाउँदै उक्त कदम तत्काल सच्चाउन सरकारसँग माग गरेको छ । पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको प्रमुख दायित्व भएको पनि विज्ञप्तिमा स्मरण गराउनुभएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस