दुई पक्षबीच झडप, १५ जना घाइते
सप्तरी, २१ जेठ / सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटीगाउँमा जग्गाको विषयलाई लिएर आज दुई पक्षबीच भएको झडपमा १५ जना घाइते भएका छन् ।
झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट स्थिति नियन्त्रण हुन नसकेपछि नेपाली सेना घटनास्थल पुगेको छ ।
स्थानीयवासी एंव जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले गणेशी मण्डलको जग्गाको पिलर उखेलेपछि पाँच दिनअघि भएको झगडाले आज उग्ररुप लिँदा १५ जना घाइते भएका हुन् । घाइते हुनेमा इद्रिस मन्सुरी, मो उस्मान, ताहिर मन्सुरी, मो मुख्तार, मनीर मन्सुरी, महबुद मन्सुरी, वीरेन्द्रप्रसाद यादव, सीताराम दास, सजन साहलगायतका छन् । दुवै पक्षले एकअर्कामाथि लाठी, ढुङ्गा र घरेलु हतियारले आक्रमण गरेको बताइएको छ ।
घाइते सबैलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस