चन्द्रागिरिमा अत्यावश्यक सेवाका पसल बिहान खोल्न पाइने
काठमाडौँ, २१ जेठ /चन्द्रागिरि नगरपालिकामा अत्यावश्यक सामग्रीका पसल बिहान ५ देखि १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । पछिल्लो समय नेपालमा तीव्ररूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चन्द्रागिरि नगरपालिकाको मङ्गलबार बसेको नगर कार्यसमितिको बैठकले सामाजिक दूरी कायम राखेर बिहान ५ देखि १२ बजेसम्म अति आवश्यक सामग्रीका पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले खाद्यान्न, फलफूल, इन्धन, दाना, बीउबिजन, मल, भेटेरेनरी, हार्डवयर, वर्कसपलगायतका पसल बिहान खोल्न दिने निर्णय गरेको जानकारी दिनुभयो । “औषधि पसल, दुग्ध उद्योग, खानेपानी ढुवानी साधन भने सुरक्षा मापदण्ड मास्क, पिपिइ, स्यानिटाइजर, पञ्जा लगाएर सञ्चालन गर्न पाइनेछ”, उहाँले भन्नुभयो ।
अत्यावश्यक कामबाहेक लुकीछिपी चन्द्रागिरिमा आउने व्यक्तिको आरडिटी, पिसीआर परीक्षण र क्वारेन्टिनमा लाग्ने खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने निर्णय भएको नगरप्रमुख गिरीले बताउनुभयो । काठमाडौँ उपत्यकाको प्रमुखद्वारका रूपमा रहेको चन्द्रागिरि नाकामा कडाइका साथ जाँच गरिने भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस