• जीवनशैली | Jiwanshaili
  • शक्तिशालि सामुन्द्रिक चक्रपातकाे प्रभाव, नेपालमा पनि सतर्कता अपनाउन अनुरोध


    अरब सागरको दक्षिणपुर्वी भु-भागबाट बिकसित भएको निसर्ग नामाकरण गरिएको चक्रपात आज दिउँसो देखि भारतको महाराष्ट्र राज्यको तटिय क्षेत्रमा शक्तिशालि सामुन्द्रिक चक्रपात को रुपमा जमिनमा प्रवेश गरिसकेको छ ।

    चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा परिसकेको छ। देशको खास गरि मध्य र पूर्वि क्षेत्रहरुमा अधिकाशं बदलि रहि केहि ठाउँहरुमा हल्का वा मध्यम वर्षा भएको अवस्था छ।
    निसर्ग चक्रवात विस्तारै कमजोर भै भारतको भू-भाग हुँदै पश्चिमरमध्य नेपाल तर्फ अगाडि बढने देखिएको छ। यो मौसम प्रणालि नेपालको नजिक वा आसपास आएको अवस्थामा मौसममा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ। आगामी शनिवार सम्म नै देशका अधिकांश स्थानहरुमा बदली भई हल्का देखि मध्यम मेघ गर्जन रचट्याङ सहितको वर्षा हुन सक्ने सम्भावना छ, साथै उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस