तातोपानीबाट उठ्यो एक अर्ब २७ करोड २६ लाखको राजश्व
मेलम्ची, २२ जेठ / निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकरात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व रु एक अर्ब २७ करोड २६ लाख सङ्कलन भएको छ । गत फागुनसम्ममा रु एक अर्ब आठ करोड ९५ लाख राजश्व सङ्कलन भएको थियो । गत चैत २६ गतेदेखि अहिलेसम्म रु १८ करोड ३१ लाख राजश्व असुली भएको छ । यही जेठमा मात्र रु १२ करोड ७५ लाख राजश्व सङ्कलन भएको छ । सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ ।
गत चैत २६ देखि सो भन्सार पुनः सञ्चालनमा ल्याइएको थियो । सो नाकाबाट सबैभन्दा बढी कोभिड–१९ रोकथाम र परीक्षणसँग सम्बन्धित सामग्री आयात भएको छ । लकडाउन जारी रहँदा सो नाकाबाट रु एक अर्ब ७८ करोड २५ लाख २७ हजारको सामान भित्रिएको छ । उहाँले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको जानकारी दिनुभयो । भन्सार कार्यालयका अनुसार २६ चैतदेखि एक अर्ब ६२ करोड १२ लाखको स्वास्थ सामग्री मात्र आयात भएको छ ।
यस्तै यस अवधिमा रु ११ करोड २० लाखको स्याउ र लसुन, रु चार करोड ४४ लाखको धानको बीउ, रु ८२ लाखको कृषि सामग्री र रु ४९ लाखको एम्बुलेन्स आयात भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस