महानगर फलफूल तथा तरकारी बजार खुल्यो
रत्ननगर, २२ जेठ / बन्दाबन्दीका कारण बन्द रहेको ‘महानगर फलफूल तथा तरकारी बजार’ बुधबारदेखि सञ्चालनमा आएको छ । कोभिड–१९ को जोखिम हुन नदिन सो तरकारी बजार गत चैत १८ गतेदेखि बन्द गरिएको थियो । यसबाट कृषकले उत्पादन गरेको तरकारी खेर गएको थियो । भारतीय तरकारी बोकेका सवारी साधन बजारमा आउन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाकै ठूलो सो तरकारी बजार बन्द गराएको थियो । जिल्लामा कोरोना सङ्क्रमित समेत देखिन थालेपछि स्थानीयवासीले तरकारी बजार बन्द गराउन दबाब दिएका थिए । अहिले पनि भारत तथा अन्य मुलुकबाट बजारमा तरकारी तथा फलफूल ल्याउन भने बन्द नै गरिएको छ ।
भरतपुर महागनरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ , कृषि ज्ञान केन्द्र, महानगर फलफूल तथा थोक बजार समिति र टोल विकास संस्थाबीचको संयुक्त बैठकले फलफूल तथा तरकारी बजार खुलाउने सहमति गरेको हो । सो बैठकले बिहान ६ देखि बेलुका ४ बजेसम्म सो बजार खोल्ने सहमति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो । तर पहिलो चरणमा सो बजारका थोक पसलमात्र खुल्नेछन् । यी पसलले स्वदेशीउत्पादन मात्र बिक्री गर्नुपर्ने नियम बनाइएको छ । महानगर फलफूल तथा तरकारी बजारमा ६० होलसेल पसल रहेका छन् । सो बजारमा तत्कालका लागि खुद्रा बेच्न भने रोक लगाइएको छ ।
उत्पादित तरकारी बजारसम्म पु¥याउन नसक्दा कृषक समस्यामा पर्दै आएका छन् । बजार खुल्ने भएपछि कृषकले केही राहतको महसुस गरेका छन् । यसअघि पनि कृषकले सामाजिक दूरी कायम राखेर प्रशासनलाई बजार खोल्नका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए । जिल्लाकै ठूलो तरकारी बजार खुल्न नसक्दा लकडाउनको समयमा कृषकले बाहिरी जिल्लामा बिक्री गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस