दक्षिण कोरियामा जनसङ्ख्या घट्दो

सउल, २२ जेठ/ दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्याङ्कअनुसार गएको डिसेम्बरमा ५१।८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसङ्ख्या ५१।८४१ मिलियनमा झरेको छ । मृत्युदर्ता, जन्मदर्ता तथा बसाइँसराइलाई आधार मानि सार्वजनिक गरिएको सो तथ्याङ्कमा १० हजार ५६ ले घटेको हो ।
उक्त अवधिमा सबैभन्दा धेरै गत फेब्रुअरीमा दुई हजार ८८२ ले घटेको छ भने सबैभन्दा कम अप्रिलमा ७७१ ले घटेको छ । कोरियामा यसभन्दा अघि सन् २००८ को मार्च र २००९ को अप्रिलमा पनि जनसङ्ख्या केही घटेको थियो भने एक दशकयता भने निरन्तर बढ्दो क्रममा थियो । तथ्याङ्कका अनुसार जनसङ्ख्या घट्नुको कारण कोरोनाका कारण भने न्यून विन्दुमा देखिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण कोरियामा २७१ जनाको मात्र मृत्यु भएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस