दक्षिण कोरियामा जनसङ्ख्या घट्दो
सउल, २२ जेठ/ दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्याङ्कअनुसार गएको डिसेम्बरमा ५१।८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसङ्ख्या ५१।८४१ मिलियनमा झरेको छ । मृत्युदर्ता, जन्मदर्ता तथा बसाइँसराइलाई आधार मानि सार्वजनिक गरिएको सो तथ्याङ्कमा १० हजार ५६ ले घटेको हो ।
उक्त अवधिमा सबैभन्दा धेरै गत फेब्रुअरीमा दुई हजार ८८२ ले घटेको छ भने सबैभन्दा कम अप्रिलमा ७७१ ले घटेको छ । कोरियामा यसभन्दा अघि सन् २००८ को मार्च र २००९ को अप्रिलमा पनि जनसङ्ख्या केही घटेको थियो भने एक दशकयता भने निरन्तर बढ्दो क्रममा थियो । तथ्याङ्कका अनुसार जनसङ्ख्या घट्नुको कारण कोरोनाका कारण भने न्यून विन्दुमा देखिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण कोरियामा २७१ जनाको मात्र मृत्यु भएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस