स्थायी बसोबास गर्नेले पुनः प्रवेशाज्ञा लिनुपर्ने
सउल, २२ जेठ / कोरोना रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यहाँ स्थायी बसोबास गर्ने सम्पूर्ण विदेशी नागरिक जुनसुकै देशमा भए पनि कोरिया फर्कंदा जुन १ तारिखदेखि स्थानीय अध्यामनबाट पुनः प्रवेश अनुमति लिनुपर्ने नियम बनाइएको छ ।
सो नियमानुसार यहाँ स्थायी बसोबास गर्ने नेपाली नेपाल वा कोरियाबाहेक अन्य मुलुकमा बसी कोरिया प्रवेश गर्न लागेको छ भने स्थानीय अध्यागमनबाट अनिवार्य प्रवेशआज्ञा लिनुपर्नेछ । यहाँको न्याय मन्त्रालयका अनुसार यहाँ लामो समय बसोबास गरी केही समयका लागि बाहिर गएका विदेशी नागरिकले सरकारले तोकेका निश्चित मापदण्ड पूरा गरी स्थानीय अध्यागमनबाट पुनः प्रवेशाज्ञा लिनुपर्ने भएको हो । मापदण्डअनुसार प्रवेशाज्ञा लिँदा ४८ घण्टाभित्र अनिवार्यरूपमा उक्त देशको सरकारी मान्यता प्राप्त अस्पतालबाट स्वास्थ्य जाँच गरेको रिपोर्ट बुझाउनु पर्ने जनाइएको छ ।
रिपोर्टमा ज्योरो, रुघाखोकी, शरीर चिलाउने, टाउको दुख्ने, स्वासप्रस्वाससम्बन्धी समस्या आदिको लक्षण भए÷नभएको अनिवार्यरूपमा खुलेको हुनुपर्ने छ । रिपोर्ट कोरियन वा अङ्ग्रेजी भाषामा लेखिएको हुनुपर्ने र मान्यताप्राप्त चिकित्सकको हस्ताक्षरसमेत भएको हुनुपर्ने प्रावधान छ । तर कूटनीतिक भिसा, अफिसियल भिसा, सन्धि सम्झौतासम्बन्धी भिसा तथा विदेशमा बस्ने कोरियन नागरिकका लागि भने भिसाको लागि यो नियम लागू नहुने जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस