• जीवनशैली | Jiwanshaili
  • सरकारी चामलको बिक्री वृद्धि


    रुकुमपश्चिम, २२ जेठ / कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनमा रुकुम९पश्चिम०मा सरकारी चामलको बिक्री बढेको छ । सामान्यावस्थाको तुलनामा हाल सरकारी चामलको बिक्री निकै बढेको हो । जिल्ला सदरमुकाम मुसीकोट सल्लेस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट अहिले हप्तामै करीब दुई सय क्विन्टल चामल बिक्री भरहेको छ ।

    लकडाउन अगाडिसम्म खाद्य कम्पनीको चामलप्रति नागरिकको आकर्षण खासै राम्रो थिएन । बन्दाबन्दीपूर्व महिना दिनमा बिक्री हुनेभन्दा बढी चामल अहिले हप्तादिनमै बिक्री भइरहेको कम्पनी रुकुम९पश्चिम० शाखाका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । ‘सामान्य अवस्थामा महिनामा मुश्किलले ६०–७० क्विन्टल चामल बिक्री हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘लकडाउन शुरु भएपछि हप्तामा करिब दुई सय क्विन्टल चामल बिक्री भइरहेको छ, महिनामा त एक हजार क्विन्टल चामल बिक्री भएको छ ।’ कम्पनीले हाल हप्तामा एक दिन सोमबार चामल बिक्र िगरिरहेको छ । कम्पनीको कार्यालय खुल्ने दिन चामलका लागि लाम नै लाग्ने गरेको छ । लकडाउन भए पनि सदरमुकामका विभिन्न ठाउँ तथा आसपासबाट मान्छेहरु आइरहेको निमित्त कार्यालय प्रमुख खड्काले बताउनुभयो । बजारको तुलनामा कम्पनीको चामल सस्तो भएकाले नै यसप्रति मानिसको आकर्षण देखिएको उहाँको जिकिर छ ।

    यसका अलावा लकडाउनका कारण बजारमा सजिलै चामल नपाइँदा पनि मान्छेहरु कम्पनीको चामल लिन आइरहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार कम्पनीको चामल बजारभन्दा रु दुई सयदेखि तीन सयसम्म सस्तोमा पाइने गरेको छ । कम्पनीले जापानी, अरुवा मोटो र अरुवा मन्सुली चामल बिक्र िगरिरहेको छ । अहिले दुई सय क्विन्टलभन्दा बढी चामल मौज्दात रहेको र चार हजार क्विन्टल चामल माग गरिएको कम्पनी कार्यालयले जनाएको छ ।

    यसैबीच आठबीसकोट नगरपालिकाको स्यालाखदी बिकी्र केन्द्रबाट पनि कम्पनीको चामल बिक्री भइरहेको छ । पाँच सय क्विन्टल दरबन्दी रहेकामा तीन सय क्विन्टल चामल बिक्री भइसकेको र बाँकी दुई सय क्विन्टल पनि पठाउने तयारीमा रहेको निमित्त कार्यालय प्रमुख खड्काको भनाइ छ । त्यस्तै रुकुम९पूर्व०को पुथाउत्तरगङ्गा गाउँपालिकाको तकसेरा बिक्री केन्द्रमा दरबन्दीअनुसार पाँच सय क्विन्टल र रुकुमकोट डिपो कार्यालयमा सात सय क्विन्टल दरबन्दी रहेकामा पाँच सय क्विन्टल चामल गइसकेको उहाँले बताउनुभयो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस