स्पेनले फ्रान्स र पोर्चुगलसँगको सीमा खुला गर्ने
मेड्रिड, २२ जेठ / कोरोनाभाइरसको अत्यधिक सङ्क्रमण भएका मुलुकहरूमध्येको यूरोपेली मुलुक स्पेनले महामारी नियन्त्रणका लागि बन्द रहेका फ्रान्स र पोर्चुगलसँगको सिमा नाकाहरूलाई आगामी जुन २२ पछि खुला गर्ने भएको छ ।
स्पेनका पर्यटनमन्त्री रेयस मारोटोले सञ्चारमाध्यमसँग बिहीबार भन्नुभयो, “स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या क्रमशः कम हुँदै गएको र देशले सङ्क्रमण फैलिनबाट रोक्ने प्रयासस्वरूप विगतमा लिएका उपायलाई क्रमशः खुकुलो पार्ने नीति लिएको छ । यसै अनुरूप यही जुन २२ पछि फ्रान्स र पोर्चुगलसँगको सीमानाका लाई पुनः सञ्चालनमा ल्याइनेछ ।” उहाँले थप्नुभयो, “सिद्धान्ततः १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने यस पहिलेको अनिवार्य शर्तलाई पनि ती नाकाबाट प्रवेश गर्ने पर्यटकका लागि हटाइने छ ।” यो निकै महत्वपूर्ण भएको छ किनकि यसले फ्रान्सेली तथा पोर्चुगाली पर्यटकलाई स्पेनमा स्वागत गर्ने बाटोलाई महामारीपछि पुनः खुला गर्ने उहाँको भनाइ थियो ।
स्पेनले देशव्यापी बन्दाबन्दीको घोषणा गरेको तीन दिनपछि फ्रान्स र पोर्चुगलसँगको सीमानाकालाई गत मार्च १७ देखि बन्द गरेको थियो । स्पेनमा बिहीबारसम्म दुई लाख ४० हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित पुगेका छन् भने २७ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।
स्प्नले गत मे १५ पछि स्पेन प्रवेश गर्ने व्यक्तिले अनिवार्य दुई हप्ता ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्ने गरी अन्तर्राष्ट्रिय आगमनलाई खुला गरेको थियो । यो उपाय हवाई मार्ग, जल वा स्थल मार्गबाट आउने यात्रुका लागि जुलाई १ सम्मका लागि बाध्यकारी रहने निर्णय स्पेन सरकारले यस पहिले नै गरेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस