गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

पोखरा, २२ जेठ /गण्डकी प्रदेश सभाले आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले यहि जेठ १८ गते आइतबार पोखरा सभागृहमा बसेको प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यस अघि लगातार तीन दिनसम्म सदस्यहरूले प्रस्तावका सम्बन्धमा छलफल गर्नुभएको थियो । छलफलमा सत्तापक्षीय सदस्यहरूले प्रदेशको समृद्धि र विकासलाई लक्षित गरी नीति तथा कार्यक्रम आएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो ।
बैठकको छलफलका क्रममा प्रतिपक्षी दलका सदस्यले नीति तथा कार्यक्रमले प्रदेशवासीका आवश्यकतालाई राम्रोसँग सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस