चेपाङ बालिकाको उपचार निःशुल्क
चितवन, २२ जेठ / चितवन मेडिकल कलेजले एक महिनादेखि उपचारारत कालिका नगरपालिका–१० सिद्धिकी आठ वर्षीया सदीक्षा चेपाङको उपचार निःशुल्क गरेको छ ।
अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेका अनुसार रु एक लाख ८३ हजार बराबरको खर्च निःशुल्क गरिएको हो । अस्पतालले उपचार खर्च निःशुल्क गरी बुधबार उनलाई डिस्चार्ज गरेको छ । न्यौपानेले निमोनियाको समस्या भएकी ती बालिकालाई आर्थिक अभाव भएको भन्दै अन्य अस्पतालले भर्ना नलिएपछि चितवन मेडिकल कलेजमा ल्याइएको थियो ।
गामबेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष एवं अभियानकर्मी केपीकिरण शर्माका अनुसार ती बालिकाको परिवारको वर्षमा दुई महिना मात्र खान पुग्ने अन्न उब्जने गर्दछ । १२ दिन अघि अर्को बच्चा पनि जन्मिएको भन्दै परिवारको आर्थिक अवस्था दयनीय रहेको उहाँले बताउनुभयो । बाहिर फार्मेसीमा औषधि खरिद गरेको भुक्तानी अझै गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस