१९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा
रामपुर, २३ जेठ / पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । यही जेठ २० गते पूर्वखोला गाउँपालिका –१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो । उनको कोरोना नतिजा पोजेटिभ आएपछि बिहीबारदेखि नै अस्पतालका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले जानकारी दिनुभयो ।
पाल्पामा सङ्क्रमित सातमध्ये पाँचजनालाई मिसन अस्पतालस्थित वृद्धाश्रमको आइसोलेशन वार्डमा राखिएको छ भने दुई जना रामपुरको क्वारेन्टिनमै रहेका छन् । रामपुरमा पचास शय्याको आइसोलेसन कक्ष निर्माण भइरहेको छ । बुधबार कोरोना सङ्क्रमण देखा परेका दुई युवालाई अहिले सीताराम माविकै क्वारेन्टिनमा सुरक्षितसाथ राखिएको छ । उनीहरुलाइ आज आइसोलेशन कक्षमा लगिने नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस