गोदामचौर सडकखण्डमा फलफूल र औषधिजन्य वृक्षारोपण गरिने
ललितपुर, २३ जेठ /युवा जागरण पर्यावरणीय मञ्चले गोदावरी नगरपालिका वडा नं १४ बाडेगाउँदेखि वडा नं २ गोदामचौर सडकखण्डमा फलफूल र औषधिजन्य वृक्षारोपण गर्ने भएको छ । मञ्चले ‘विश्व वातावरण दिवस २०७७’ को अवसरमा वातावरणीय सन्तुलनका लागि वृक्षारोपण गर्न लागेको हो । ‘सुरक्षित जीवनका लागि जैविक विविधता’ भन्ने मूल नाराका साथ बाडेगाउँबाट गोदामचौर जाने सडक वरपर ५१२ धुपी, तेजपात, पारिजात, रुद्राक्ष, चाँप र कटुस जातका वृक्षारोपण गर्न लागेको मञ्चका अध्यक्ष डा अष्टमान किसी महर्जनले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ सामाजिक दूरी कायम गर्दै २५ देखि ५० जनासम्म मञ्चका सदस्यलगायत नजिकैका टोलवासी मिलेर उक्त वृक्षरोपण गर्न लागेका हाँै ।” विसं २०५१ मा मञ्चको स्थापना भएदेखि आजसम्म २५ वर्ष अघिदेखि सो काम गर्दै आएको उहाँको भनाइ छ ।
लगभग साढे दुई किलोमिटर स्थानमा वृक्षारोपण गरिँदै छ । “ गोदावरीवासीले बोटबिरुवा रोप्छाँै भन्ने इच्छा देखाएर माग गरेमा बिनाशुल्क जति पनि दिन तयार भएका छाँै”, उहाँले थप्नुभयो, “हामीले डिभिजन वन कार्यालय ललितपुरसँग समन्वय गरी उक्त निर्णय अघि सारेका हाँैै ।” अघिल्लो वर्षहरुमा मञ्चले वृक्षरोपणका साथै जनचेतना मूलक विभिन्न कार्यक्रम गरेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस