दैलेखमा निषेधज्ञा जारी
दैलेख, २३ जेठ / जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । आज (शुक्रबार) साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निषेधाज्ञा नारायण नगरपालिकाको पूर्वमा लोहोरेखोला, पश्चिममा छामघाट, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लु नगरपालिकाको माथिल्लो ढुगेश्वर, चुप्रा शिरिस्थान, पश्चिममा पादुकाखोला र कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र पश्चिममा पादुकाखोलासम्म जारी गरिएकोे जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको जोखिम मानिएको नारायण नगरपालिका क्षेत्रभित्र आवतजावत तथा अतिआवश्यक पर्ने सवारी साधन, औषधि, आन्तरिक सुरक्षालगायतका क्षेत्रबाहेक सम्पूर्ण कार्य बन्द गरिने जनाइएको छ ।
निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कानूनबमोजिम कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ । साथै सङ्क्रमणबाट जोगिन, भीडभाड नगर्न÷नगराउन, जमघटन नहुन सबैलाई प्रशासनले आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस