क्वारेन्टिनको अनुगमन
विराटनगर, २३ जेठ /प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको रतुवामाई नगरपालिकामा निर्माण गरिएको क्वारेन्टिनको आज अनुगमन एवं निरीक्षण गर्नुभएको छ ।
उहाँले वडा नं १ मा रहेको शारदा आधारभूत विद्यालय र वडा नं ६ को सौठा माध्यमिक विद्यालयमा रहेका क्वारेन्टिको निरीक्षणपछि थ्रोट स्वाब (पिसिआर) परीक्षणमा प्रयोग हुने १०० थान भिटिएम हस्तान्तरण गर्नुभयो । उहाँले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने थप आरडिटी कीट र भिटिएम उपलब्ध गराउँदै जाने बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको आरडिटी कीट र भिटिएमले विशेष गरेर भारतबाट स्वदेश फर्केकाका लागि परीक्षणमा ठूलो टेवा पुगेको वडा नं ८ का वडाध्यक्ष गोपी चापागाईंले बताउनुभयो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष साहले नगरभित्र रहेका सातवटा क्वारेन्टिनमा ३४२ जना रहेका जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस