एक सय थपिएसँगै कर्णालीमा कोरोना संक्रमित ४८९
सुर्खेत, २४ जेठ / कर्णाली प्रदेशमा कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ४८९ पुगेको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटीपिसिआरबाट ९७ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको आरटीपिसिआर परीक्षणबाट तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो कोरोना पुष्टि भएकामा दैलेखका दुल्लु नगरपालिकाका २७ र महाबु गाउँपालिकाका ६४ जना भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार महाबु – २ मा मात्र दुई महिलासहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी जुम्ला, चन्दननाथ नगरपालिकाका तीन, हुम्ला चंखेली गाउँपालिकाको एक, सुर्खेत पञ्चपुरी नगरपालिकाको एक, जाजरकोट भेरी नगरपालिकाको एक, दोलखा तामाकोशी गाउँपालिकाको एक, रामेछाप दोरोम्बा गाउँपालिकाको एक र गोरखा, आरुघाट गाउँपालिकाको एक गरी १०० जनामा संक्रमण पुष्टि भएको महाशाखा प्रमुख डा तिवारीले जनाउनुभयो । हुम्ला र जाजरकोटमा एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णालीका डोल्पा र रुकुम(पश्चिम) बाहेक आठ जिल्लामा यसको संक्रमण फैलिएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ । आज ९१ जना थपिएसँगै दैलेख जिल्लामा मात्र कोरोना संक्रमित हुने ३०१ पुगेकोे बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस