सोमालियामा बाढीका कारण २९ को मृत्यु १० लाख प्रभावित
मोगादिसु, २४ जेठ / सोमालियामा व्यापक वर्षापछि नदीहरूमा आएको बाढी किनार क्षेत्रका वस्तीमा पस्दा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको राष्ट्रसंघीय मानव सहायता संस्था ‘ओसीएचए’ ले शुक्रबार जानकारी गराएको छ ।
अप्रिलदेखि अहिलेसम्म आएका बाढीका कारण २९ जनाको मृत्यु भएको र करिब १० लाख सोमालियाली नागरिक प्रभावित बनेको राष्ट्रसंघीय निकायले बताएको हो ।
सोमालियाका विभिन्न २९ जिल्लामा बाढीका कारण चार लाख १८ हजार व्यक्ति विस्थापित बनेका छन् मानवीय सहयोगका विस्थापितसम्म राहत र पालहरू लिएर पुग्नका लागि राष्ट्रसंघको प्रयास निरन्तर रहेको बताइएको छ ।
ठूलो वर्षापछि हजारौँ हेक्टर जमिनमा लगाएको बाली बाढीले पुरेको वा बगाएको छ भने यसका कारण सोमालियाका बाढी प्रभावित क्षेत्रमा खाद्य सङ्कट बढेको ओसीएचएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रसंघ मानवीय सहयोग निकायहरू वर्षा र बाढीका कारण भएका विनाशकारी असरलाई कम गर्न दुई लाख ५५ हजार मानिसका लागि खाद्यान्न, औषधि तथा अतिआवश्यकीय मानवीय सहयोगसहित घटनास्थलमा पुगेका छन् ।
“सहयोगमा खाद्यान्न, सफा पिउने पानी, आकस्मिक बासस्थान, पोषण र औषधीजन्य सामग्रीको आपूर्ति भएको छ,” उक्त संस्थाले बताएको छ ।
राष्ट्रसंघीय निकायका अनुसार सोमालियामा वार्षिक वर्षाको औसत ७५ प्रतिशत मात्रा अप्रिलदेखि जुन महिनामा हुने भएकोले यो समयमा बढी वर्षा हुने र बाढी आउने र वस्तीहरू डुवानमा पर्ने गर्दछन् । वर्षाका कारण आफ्नो जीविकोपार्जनको एकमात्र उपाय मान्ने कृषिमा आश्रित समुदायहरू बढी प्रभावित हुने गर्छन् । विश्वव्यापी महामारीसँग जुझिरहेका सोमालियाली नागरिकलाई बाढी र डुबानले थप सङ्कटग्रस्त बनाएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस