आइतबारदेखि मौसममा सुधार हँुदै जाने
काठमाडौँ, २४ जेठ / आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुँदै जाने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ । वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएकोजस्तो लागे पनि यो मनसुन नभई अन्य प्रणाली हो ।
सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हने गर्दछ । यस वर्ष औषत समयभन्दा एक साता ढिलो मनसुन भित्रिने अनुमान मौसमविद्को छ । नेपालमा मनसुन भित्रिनका लागि दक्षिणपूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करिब छ किलोमिटर माथिसम्म प्रवेश हुनुपर्छ । अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । जलवाष्युक्त हावाको वायुमण्डलको माथिल्लो सतहमम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने मौसमविद् आर्यालले जानकारी दिनुभयो ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा र प्रदेश नं ५ र प्रदेश नं २ का एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, २ र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार देशका धेरै स्थानमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशका धेरैजसो स्थानमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णली, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १२.८ मिलीलिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६.४, दिपायलमा २७.१, नेपालगञ्जमा ३.१, सिमारामा ३१.९, जुम्लामा १७.० र धनकुटामा ८.८ मिलीलिटर वर्षाको भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस