कोरोना पोजेटिभ आएपछि पाँचजना पक्राउ
कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टिनबाट छाडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा भएको परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएपछि उनीहरुलाई घरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वडा नं ७ मा अवस्थित यालना विद्यापिठको क्वारेन्टिनमा बस्दै आएका मटिहानी नपा–७ बस्ने २१ वर्षीय पुरुष, ८ बस्ने १८ वर्षीय पुरुष, लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बस्दै आएका वडा नं ९ बस्ने २८ वर्षीय दुईजना र प्रावि धिरापुरको क्वारेन्टिनमा बस्दै आएका वडा नं २ बस्ने ११ वर्षीय एकजना रहेका छन् । उनीहरुलाई तीन दिनअघि पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएको बताइएको छ ।
उनीहरुलाई जिल्ला सदरमुकाम जलेश्वरस्थित आइसोलेशनमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
–––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस