• जीवनशैली | Jiwanshaili
  • डडेल्धुरामा ट्रक दुर्घटना, एक जनाको मृृत्यु


    डडेल्धुरामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको अमरगढी नगरपालिका १० राईमा मालवहाक ट्रक दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका ८ खोड्पे जुगेपानीका ४८ वर्षीय जयदेव विष्टको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपनिरीक्षक दधिराम न्यौपानेले दिएको जानकारी अनुसार कपिलवस्तुबाट सिमेन्ट बोकेर बाजुरा जाँदै गरेको ना ५ ख २२४६ नम्बरको ट्रक डडेल्धुरामा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने ट्रकका चालक रहेको उनले बताए ।

    आइतबार बिहान ट्रक दुर्घटना भएको गोठाला गएकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। चालक आफै गाडी मालिक रहेको बुझिएको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस