आजको मौसम कुन प्रदेशमा कस्तो रहला?
जेठ २६ गते, सोमबार।
आज प्रदेश १, गण्डकी, बागमती, र कर्णाली प्रदेशहरुमा सामान्य बदली तथा प्रदेश २, सुदुर पश्चिम र प्रदेश ५ मा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ । प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदुर पश्चिम, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
यस्तै आज राती वागमती प्रदेश गण्डकी प्रदेश , प्रदेश १ र प्रदेश २ मा सामान्य बदली रहनेछ भने बाँकि प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सुदुर पश्चिम, प्रदेश २ र ५ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस