अमेरिकामा कोरोना सङ्क्रमित २० लाख नाघे
कोरोना भाइरसबाट संयुक्तराज्य अमेरिकामा २० लाख ७ हजार ४ सय ४९ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा आइतबार एकै दिन थप १८ हजार ६८८ जनामा कोरोनाभाइरसको संक्रमण देखिए संगै अमेरिकामा संक्रमितको संख्या २० लाख नाघेको हो ।
यस्तै अमेरिकामा यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा १ लाख १२ हजार ४६९ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ७० लाख पुगेको छ । शुक्रवार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ७० लाख ८१ हजार ५९३ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ४ लाख ५ हजार ७४ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस