महोत्तरीमा होम क्वारेन्टाईनमा रहदै आएका १ को मृत्यु
महोत्तरी- महोत्तरीमा होम क्वारेन्टाईनमा रहदै आएका १ को ज्यान गएको छ ।
जिल्लाको गौशाला पीसीआर रिपोर्ट निगेटिभ भएपछि दुईदिन अगाडिमात्र क्वारेन्टाईनबाट होम क्वारेन्टाईनमा रहदै आएका गौशाला नगरपालिका १० का ४० बर्षीय डोमी मण्डलको मृत्यु भएको हो । होम क्वारेन्टाईनमा फर्किएका मण्डलले विगत २ दिनदेखि खानासमेत नखाई मदिरामा लटठ भएपछि उनको सोमबार बिहान मृत्यु भएको हो ।
मृतक मण्डलको आरडीटी परीक्षणपछि मात्र शवलाई अन्त्येष्टिको लागि दिईने प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका डा रविन्द्र कुशवाहाले बताए। आरडीटी रिपोर्टपछि उनको पीसीआर रिपोर्ट पनि परीक्षण गरिने तयारी भईरहेको कुशवाहाले जानकारी दिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक मण्डल भारतबाट आएपछि मण्डल १४ दिनदेखि क्वारेन्टाईनमा रहदै आएको प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस