• जीवनशैली | Jiwanshaili
  • भक्तपुरमा मिनी ट्रक सडकबाट खोलामा पुग्याे, एक जनाकाे मृत्यु


    काठमाडौं- भक्तपुरमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

    भक्तपुर महानगरिय प्रहरी परिसरका डीएसपी दिपक गिरीका अनुसार भक्तपुर ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा ५ ख ३११ नम्बरको मिनी ट्रक आइतबार राति सडकबाट खोलामा झरेको हो।

    चाँगुनारायण नगरपालिका-३, झौखेलमा भएको दुर्घटनामा ट्रकका चालक स्थानीय ३५ वर्षीय नवराज लाछिवाको मृत्यु भएको उनले जानकारी दिए।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस