दुई चिकित्सकसहित ३० जनामा कोरोना सङ्क्रमण
जिल्लामा रहेको भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीसहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले आज प्रेस वक्तव्य जारी गर्दै ३१० जनामा परीक्षण गरिएकामा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो ।
पोजेटिभ देखिएकामा एक निजी अस्पतालका चिकित्सक छन् । भरतपुर अस्पतालबाट स्वाब सङ्कलन गरेका बाहिर कार्यरत एक जना चिकित्सक र एक जना महिला स्वास्थ्यकर्मी रहेका छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले माडी नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका छ जना, भरतपुर महानगरपालिकाका क्वारेन्टिनमा बस्दै आएका ११ जना, नारायणी सामुदायिक अस्पतालका एक जना, पुरानो मेडिकल कलेजमा रहेका दुई जना, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक जना रहेका छन् ।
त्यसैगरी नवलपुरका पाँच जना र धादिङ्का एक जनामा पनि कोरोना पुष्टि भएको हो । माडी र भरतपुर महानगरपालिकामा भेटिएका सङ्क्रमितहरु भारतबाट आएका नेपाली छन् । अस्पतालमा भएकाहरुमध्ये नारायणी सामुदायिक अस्पतालको सघन उपचार कक्षमा रहेका एक जनाको अवस्था गम्भीर रहेको छ । भरतपुर अस्पतालका डा प्रमोद पौडेलका अनुसार सो अस्पताल र कोरोना अस्पतालमा उपचाररत छ जनाको आज गरिएको पुनः परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको छ । ती दुई अस्पतालमा आठ जना कोरोना सङ्क्रमित उपचाररत छन् ।
–––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस