रुकुम घटना छानबिन गर्न संसदीय समिति गठन
सङ्घीय संसद्ले रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाको सोतीमा भएको घटनाको छानबिन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १० गते भएको सोती घटनाको सत्यतथ्य छानबिनका लागि ‘चौरजहारी नगरपालिका सोती घटना छानबिन संसदीय विशेष समिति’ गरिएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठकमा पटकपटक प्रश्न उठेको उक्त घटनाको यथार्थ अध्ययन गरी प्रतिवेदन पेश गर्न आफूले सदनलाई जानकारी गराइसकेको र प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम सो समिति गठन गरिएको सभामुख सापकोटाले बताउनुभयो ।
समितिका सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुङ्खे, प्रकाश रसाइली’, विमला विक, महेश्वरराज गहत, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव हुनुहुन्छ । सभामुखको निर्देशनमा रही समितिले कार्यविधि तय गरेर लागू गर्न सक्नेछ । सो समितिले आवश्यक ठानेमा सम्बन्धित पदाधिकारी वा अन्य व्यक्तिको सहयोग लिन वा समितिमा आमन्त्रण गर्न सक्ने छ । समितिका अन्य कार्यविधि प्रतिनिसिभा नियमावली, २०७५ अनुसार हुनेछ । समितिको समयावधि ३० दिनको तोकिएको छ । —
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस