• जीवनशैली | Jiwanshaili
  • आजको मौसम: मेघगर्जन,चट्याङ र हावाहुरी सहित वर्षा हुने


    जेठ २७ गते,मंगलबार।

    आज जेठ २७ गते ९मंगलबार०हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ ।

    आज दिउँसो प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सु।प प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सु।प प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    यस्तै आज राती देशभर आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
    प्रदेश १, बाग्मती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदुर पश्चिम र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस