कोरोना सङ्क्रमित बाेकेकाे एम्बुलेन्स दुर्घटना, पाँच सङ्क्रमित घाइते
कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएर राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेशनमा आउँदै गर्दा खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजीकै लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो । घाइते पाँचै जनाको हटारीनेटाको आइसोलेशन वार्डमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । –––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस