पिसीआर जाँच बाजुरामै हुने
बाजुरा, २७ जेठ / जिल्लाको बूढीगङ्गा नगरपालिकाले पिसीआर जाँच मेसिन खरिदका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ । पिसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको र कोरोना सङ्क्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न रु ३० लाख बजेट विनियोजन गरिएको हो ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकले असार पहिलो साताभित्र पिसीआर मेसिन खरिद गरिसक्ने गरी बजेट विनियोजन गरेको नगरप्रवक्ता माया शाहले जानकारी दिनुभयो । बैठकले मेसिन खरिद र व्यवस्थापनको जिम्मा जिल्ला अस्पताल बाजुरालाई दिने निर्णय गरेको छ ।
बैठकले पिसीआर जाँच मेसिन जिल्ला अस्पतालले व्यवस्थापन गर्न नसकेमा छिमेकी जिल्ला अछामस्थित बयालपाटा अस्पताललाई पनि जिम्मा दिन सकिने गरी निर्णय गरिएको प्रवक्ता शाहको भनाइ छ ।
यस्तै बैठकले कोरोनाको उपचारार्थ खटिएका स्वास्थ्यकर्मीको ज्यान गएमा रु १० लाख क्षतिपूर्ति र सन्तानलाई कक्षा १२ सम्म निःशुल्क पढाइको व्यवस्थापन गर्ने निर्णय गरेको छ । नगरपालिकाले अन्य स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गर्नुपर्नेमा समेत जोड दिएको छ । पिसीआर जाँचमा भएको ढिलाइका कारण कोरोना सङ्क्रमित भेटिएको क्वारेन्टिनमा बसेकाहरुको रिपोर्ट सात दिन बितिसक्दा पनि आएको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस