कृषि विकास बैंकद्धारा फोटोपत्रकार महासंंघलाई सहयोग
नेपाल फोटो पत्रकार महासंघलाई कृषि विकास बैंक लिमिटेडले ६ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेकोछ ।
बैंकका प्रमुख कार्यकारि अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकको प्रधान कार्यालय रामशाहपथ काठमाडौंमा सोमबार उक्त परिणामको प्रेस ज्याकेट हस्तान्तरण गर्नुभएको हो । महासंघको तर्फबाट केन्द्रिय अध्यक्ष ध्रुब आले र अन्य पदाधिकारिहरुको टोलीलाई संयुक्त रुपमा उक्त परिणामको ज्याकेट हस्तान्तरण गरिएको हो ।
ज्याकेट हस्तान्तरण लगत्तै संक्षिप्त प्रतिकृया दिनुहुदै प्रमुख कार्यकारि अधिकृत उपाध्यायले कोरोना महामारि रोकथामका लागि बैंकले शुरुदेखि सरकारलाई आर्थिक सहयोग गर्नेदेखि जनस्तरसम्म विभिन्न किसिमका सहयोग गर्दै आएको जानकारि गराउनुभयो । उहाले संचारकर्मीहरु सुचनाको शन्देसवाहक भएकाले कोरोना जस्तो महामारि रोकथाममा संचार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा बैंकका उपमहाप्रवन्धकहरु प्रताप शुवेदी, ध्रुबचन्द्र गौतम, यज्ञ प्रकाश न्यौपाने, दिर्घबहादुर अर्याल, मुख्य बजार ब्यवस्थापन विभागका प्रमुख अजय कुमार रिमाल, बजार ब्यवस्थापन शाखाका प्रमुखहरु समृद्धि कार्की, ध्रुब पौडेल, बिनोद कोईराला, अधिकृत सुदिल घिमिरे र सद्भावना दुत आश्रा रावत तथा महासंघको तर्फबाट केन्द्रिय उपाध्यक्ष सागर श्रेष्ठ, केन्द्रिय महासचिव हरिप्रसाद रेग्मी, केन्द्रिय सदश्य नरेश श्रेष्ठ र काठमाडौं शाखाका सचिव किरण पन्थ लगायत उपस्थित हुनुहुन्थ्यो ।
कोरोना महामारिका कारण जारि लकडाउनमा फोटो खिच्न कार्यक्षेत्रमा जानैपर्ने फोटोपत्रकारको बाध्यात्मक परिस्थितिका कारण प्रेस ज्याकेटको माग बढेपछि महासंघले विभिन्न संघसंस्थाहरुमार्फत सहयोग जुटाउने पहल गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस