• जीवनशैली | Jiwanshaili
  • गण्डकीमा सङ्क्रमित १४४ पुगे


    चितवन, २७ जेठ / गण्डकीका मनाङ र मुस्ताङमा बाहेक नौ जिल्लामा कोभिड–१९ सङ्क्रमित फेला परेका छन् । हालसम्म गण्डकीमा सङ्क्रमितको सङ्ख्या १४४ पुगेको छ । मनाङ र मुस्ताङमा भने हालसम्म कोरोनाका बिरामी भेटिएका छैनन् । स्याङ्जामा ३८, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३४, गोरखामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँ र म्याग्दीमा तीन–तीन तथा लमजुङमा एक जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

    प्रदेशमा गत चैत १५ गते पहिलो कोभिड–१९ पुष्टि भएको थियो । बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । सङ्क्रमितमध्ये एक जनाको निधन भएको छ भने तीन जना उपचार गराएर निको भएपछि घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    बाग्लुङका दुई र लमजुङका एक निको भएका हुन् । कोभिड सङ्क्रमित स्याङ्जाका एक ६० वर्षीय पुरुषको जेठ २५ गते राति पोखरास्थित पश्चिमाञ्जल क्षेत्रीय अस्पतालको आइसोलेसनकक्षमा उपचारको क्रममा निधन भएको थियो । मृतकको सोमबार साँझ पोखरामा शव व्यवस्थापन गरिएको थियो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस