• जीवनशैली | Jiwanshaili
  • कारको ठक्करबाट आमा छोराको मृत्यु


    कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। मंगलबार राति कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका १ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका पाँच वर्षका कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। कारको ठक्करबाट अन्य दुई घाइते भएका छन्। घाइते हुनेमा घोडाघोडी नगरपालिका ९ बस्ने ४५ वर्षीय डबल शाह र लम्कीचुहा नगरपालिका १० बस्ने ४० वर्षीय जयचन्द्र सुनार रहेको प्रहरीले जानकारी दिएको छ। 

    घाईतेलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। कारका चालक बर्दगोरिया गाउपालिका १ का राजेन्द्र मल्ललाई ईलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस