पहिरोमा पुरिएर दुईको मृत्यु
जिल्लाको रघुगङ्गा गाउँपालिका–६ रायखोरमा पहिरोमा पुरिएर गएराति दुई जनाको मृत्यु भएको छ । पाचास वर्षीया हमाया शेरपुञ्जा र चार वर्षीया सिम्रन छन्त्यालको पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माका अनुसार मङ्गलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ लेदोसहितको पहिरोले पुरिएको थियो ।
सुतिरहेको अवस्थामा वर्षापछि माथिबाट आएको पहिरोले पुरिएका हुन् । पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयवासीले हमाया र रोशनीलाई मृत फेला पारेका थिए । पहिरोले पुरिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानोको गोठमा रहेको अन्नपात, भाँडावर्तनलगायत सबै नष्ट भएको छ । पशुचौपायको भने क्षति भएको छैन । थप उद्धार र अनुसन्धानका लागि आज बिहान प्रहरी निरीक्षक शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ ।
–––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस