• जीवनशैली | Jiwanshaili
  • हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा एक शव फेला


    ललितपुरको बाँडेगाउँमा खुँडा प्र’हार गरी हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा एक शव फेला परेकाे छ ।

    बाँडेगाउँमा भाडामा बस्दै आएका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर ह’त्या गरिएको प्रहरीले जनाएकाे छ । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको छ । ह’त्या कसले र किन गर्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’

    लकडाउनका बीच पछिल्लाे समय अपराध गतिविध बढ्न थालेका छन् । यसअघि मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५ जनाको सामूहिक ह’त्या भएको थियो । साे घटनामा संलग्न सुर्खेतका झपेन्द्र सिंजालीलाई प्रहरीले प’क्राउ गरेर अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस