पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टिनमा
जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टिनमा बसेका हुन् ।
ती बालबालिकामध्ये छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा नगरपालिकामा १५३, त्रिवेणी नगरपालिकामा १११, बडिमालिका नगरपालिकामा ४२, गौमुल गाउँपालिकामा ३२ बालबालिका क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यस्तै हिमाली गाउँपालिका आठ, स्वामिकार्तिक खापर गाउँपालिका ३०, जगन्नाथ गाउँपालिकामा १२ बूढीनन्दा नगरपालिकामा २२ बालबालिका छन् ।
बुधबार बिहानसम्म नौवटै स्थानीय तहमा रहेका १३२ क्वारेन्टिनमा जम्मा पाँच हजार ३३२ रहेका छन् । जसमा तल्लो क्षेत्रमा पर्ने बडिमालिका नगरपालिकामा २७६, गौमुल गाउँपालिकामा ३४०, खप्तड छेडेदह गाउँपालिकामा एक हजार १९५ जना बूढीगङ्गा नगरपालिकामा एक हजार २७८ र त्रिवेणी नगरपालिकामा एक हजार ८३ जना रहेका छन् ।
त्यस्तै पूर्वी–उत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा ३०४, स्वामिकार्तिक खापर गाउँपालिकामा २८०, जगन्नाथ गाउँपालिकामा ३१८, बूढीनन्दा नगरपालिकामा ३०२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभयो । त्यसैगरी हालसम्म २० जना सुत्केरी तथा गर्भवती महिला क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । क्वारेन्टिनमा रहेका पाँच हजार ३३२ मध्ये चार हजार ४१६ भारतबाट आएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस