४० यात्रु बोकेको टिपर कर्णाली नदीमा खस्याे
कालीकोटका करिब ४० यात्रु बोकेको टिपर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको हो ।
कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको टिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेकाे कालीकोटका सिडिओ चन्द्रप्रसाद गैरेले बताए ।
सिडिओ गैरेका अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो । उनले भने, ‘घटनामा २ जनाको शव फेला परेको जानकारी छ, अरु विवरण आउने क्रममा रहेकाे छ ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस