टिपर दुुर्घटनामा दुईको मृत्यु, ६ बेपत्ता
मान्म, २८ जेठ / कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना हुँँदा दुई जनाको मृत्यु भएको छ । उनञ्चालीस जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो ।
टिपर नदीमा खस्दा ६ जना कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताउनुभयो । उहाँका अनुसार अहिले बेपत्ताको खोजी भइरहेको र नौ घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिँदै गरेको छ । बाइस यात्रु सकुशल रहेको र टिपर चालक फरार रहेको जनाइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस