क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु
अर्घाखाँची, २८ जेठ / अर्घाखाँचीे मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो ।
भारतबाट आएका खनाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि खनाल उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा आउनुभएको थियो । सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो ।
अस्पतालमा उपचारपछि घर फर्कँदै गर्नुभएका खनालको गाोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले बताउनुभयो । उहाँको स्वाब परीक्षणका लागि पठाइए पनि रिपोर्ट नआएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस