मिनि बसको ठक्कर बाट २५ वर्षिया युवतीकाे मुत्यु
जेष्ठ २८ ,बुधबार ।
कैलालीमा मिनि बसको ठक्कर बाट एक साईकल यात्रीको ज्यान गएको छ । जिल्लाको बौनियाँ बजारको चौराहामा बसले साईकलयात्रीलाई ठक्कर दिँदा जिल्लाको बर्दगोरीया गाउँपालिका २ कि २५ वर्षिया सरस्वती कुमारी उपाध्यायको मुत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बौनियाका अनुशार बुधबार लम्की बाट धनगढी जादैँ गरेको ना ७ ख ९३० नम्बरको बसले साईकल यात्रीलाई दिउँसो १ बजे ठक्कर दिएको थियो ।ठक्करबाट गम्भिर धाईते भएकी उपाध्यायको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस