• जीवनशैली | Jiwanshaili
  • भारतमा शिर्ष आठ कमाण्डरसहित २२ आतंककारी मारिए


    २८ जेठ / भारतको जम्मु काश्मिरमा शिर्ष आठ कमाण्डरसहित २२ जना आतंककारी मारिएका छन् । भारतीय सुरक्षाकर्मीहरुको चलाएको सुरक्षा कारबाहीका क्रममा पछिल्लो १५ दिनमा उनीहरु मारिएको सुरक्षा श्रोतले जनाएको छ ।

    मुस्लिम धर्मावलम्बीहरुको बाहुल्यता रहेको त्यस क्षेत्रमा मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदका अवसरमा केही दिन अगाडी सुरक्षा कारबाही रोकिए पनि त्यसपछि फेरी सुरु भएको हो ।

    इस्लामिक स्टेट्स (आइएस) का जम्मु काश्मिर कमाण्डर अडिल अहम्मद वामी र लश्कर ए तैवाका शाहिन अहमद थोकरलाई यही मे २५ तारिखका दिन मारिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । त्यसैगरी अन्य कमाण्डर र लडाकूहरु पनि फरक फरक मितिमा मारिएको सुरक्षा श्रोतले जनाएको समाचारमा उल्लेख गरिएको छ ।

    जम्मु काश्मिरका प्रहरी महानिरिक्षक डिल्बाग सिंहले यस बर्ष अहिलेसम्ममा ८८ जना लडाकू मारिएको यसअघि नै जानकारी दिनुभएको थियो ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार