वातावरणमैत्री विकासमा जोड
पोखरा, २८ जेठ / प्रकृतिको विनास हुने गरी गरिएको विकासले अनेक समस्या निम्त्याएकाले अबखेअि बताउँदै छलफलका सहभागीहरुले वातावरणमैत्री दिगो विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७-७८ को बजेट र कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनको रणनीतिबारे कास्कीका राजनीतिक दल र प्रदेशसभा सदस्यहरुले सुझाएका हुन् ।
कोरोनाका रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउँदै सोही अनुसार बजेट निर्माण गर्न जोड दिएका छन् । कोरोनाका कारण थला परेको पर्यटनलाई टिकाइराख्न र यो विषम परिस्थितिमा कृषिलाई पनि प्राथमिकतामा राखेर योजना बनाउनु पर्नेमा सहभागीको जोड थियो । कार्यक्रममा प्रदेशसभा सदस्य एवम् गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले दीर्घकालीन विकासमा जोड दिँदै महानगरभित्र गरिबीको रेखामुनी रहेकाको तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो । महानगरको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
प्रदेशसभा सदस्य मनबहादुर गुरुङले अबको दुई वर्षमा पोखरामा सुकुम्बासी समस्या समाधान गर्ने गरी महानगरले योजना ल्याउनु पर्ने बताउँदै अत्याधुनिक बसपार्क निर्माणसम्बन्धी ठोस योजना बनाउन र आकाशे पुल निमार्णलाई पनि बजेटमा समेट्न आग्रह गर्नुभयो । अर्का प्रदेशसभा सदस्य राजीव पहारीले कोरोनाको परीक्षण दायरलाई बढाउनुपर्ने बताउँदै आम नगरवासीको जीवन रक्षा गर्दै सार्वजनिक सम्पतिको संरक्षण र पार्किङलाई व्यवस्थित गर्ने योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य प्रभा कोइराला र गायत्री गुरुङ, मीना गुरुङ र पुष्पा केसी भण्डारीले सरुवा रोग नियन्त्रण गर्ने योजना सहित महानगरले आगामी बजेट निर्माण गर्नुपर्नेमा जोड दिँदै फोहोर व्यवस्थापन, धुवा, धुलोरहित सहर निर्माणलाई प्राथमिकता दिन पनि महानगरलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले आम नागरिकको जीवन रक्षा नै अहिलेको पहिलो प्राथमिकता भएको बताउँदै प्रकृति मैत्री दीगो विकासलाई जोड दिनुपर्ने बताउनुभयो । महानगरभित्र विकट ठाउँहरु पनि भएकाले त्यस्ता ठाउँहरुलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणमा जोड दिनुपर्ने आवश्यकता आँैल्याउदै कोरोना रोकथाम नियन्त्रण, उपचारलाई प्रभावकारी बनाउँदै विकास निर्माणलाई जोड दिन आग्रह गर्नुभयो ।
जनता समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरिप्रसाद गुरुङले महानगरभित्र रहेको स्रोतसाधनलाई उच्चतम प्रयोग गर्दै दिगो विकासलाई जोड दिनुपर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष गणेशबहादुर ढकालले कृषिलाई प्राथमकिता दिएर बजेट निर्माण गर्न पर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पोखरा नगर समिति सभापति बजीरमान श्रेष्ठ, जनता सामाजवादी पार्टीका नगर अध्यक्ष टीकाराम पौडेलले पनि सहरलाई व्यवस्थित बनाउने र महानगरको सेवालाई सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । शहरी योजना आयोग पोखरा महानगरपालिकाका उपाध्यक्ष डा रामचन्द्र लामिछानेले कोरोनाको प्रभाव र असरको अध्ययन, अनुसन्धान गरेर त्यसमै केन्द्रित भएर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी रहेको जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले दीर्घकालीन विकासलाई जोड दिएर महानगरपालिकाले बजेट निर्माण गरिरहेको बताउनुभयो । कोरोना नियन्त्रण, रोकथाम, उपचार प्रभावकारी बनाउँदै खुद्रे योजना नभई दीर्घकालीन महत्व राख्ने योजनालाई बजेटमा समेटिने बताउँदै कास्कीका राजनीतिक दल, प्रदेशसभा सदस्यहरुको सुझावलाई बजेटमा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस