• जीवनशैली | Jiwanshaili
  • आजको मौसमः मेघगर्जन र चट्याङ सहित पानी पर्ने


    जेठ २९ गते ,बिहीबार।

    आज देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली साथै बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। आज दिउँसो प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

    यस्तै आज राती प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५मा सामान्य बदली तथा कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग

    मौसम पूर्वानुमान महाशाखाले बताएको छ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको संभावना रहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस