जिल्ला कारागार प्युठानमा बन्दीको मृत्यु
झिमरुक, २९ जेठ/ जिल्ला कारागार प्युठानमा बन्दी रहेका एक वृद्धको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा थुनामा रहनुभएका ७२ वर्षीय खगिराम राम्जालीको प्युठान अस्पताल बिजुवारमा उपचारका क्रममा गए राति मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।
खानापछि एक्कासि मुटु दुखेपछि राम्जालीलाई उपचारार्थ प्युठान अस्पताल बिजुवारमा पु¥याइएको थियो । स्वर्गद्वारी नगरपालिका वडा नं ३ स्थायी घर भएका राम्झाली कर्तव्य ज्यान मुद्दामा २०७२ साउन १७ कारागार चलान हुनुभएको थियो ।
उहाँलाई १५ वर्षको सजाय सुनाइएको थियो । राम्झालीको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने सूचना अधिकारी पौडेलले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस