जबर्जस्ती करणी आरोपमा पक्राउ
लहान, २९ जेठ /छिमेकी युवतीलाई जबर्जस्ती करणी आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गाउँकै एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–४ महोलिया निवासी २२ वर्षीय हैदर मियाँलाई पक्राउ गरेको हो ।
सुतिरहेको अवस्थामा गत आइतबार राति घरभित्र प्रवेश गरी मियाँले जबर्जस्ती करणी गरेको पीडित युवतीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । पीडित युवती र युवक दुवैको स्वास्थ्य परीक्षण गरिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस